Logo

सिंहदरबारमा गठबन्धनको बैठक, माधव नेपाल अनुपस्थित्



काठमाडौं, ३१ असार । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष भने उपस्थित् भएन । नेता नेपालले यसअघि ने आफू यो गठबन्धनमा नरहने घोषणा गरिसकेका छन् ।

माधव नेपाल पक्षधर सांसदहरुकै समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपतिसमक्ष सपथसमेत लिएका छन् । गठबन्धनको आजको बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा र महामन्त्री पूर्ण बहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्