Logo

साउन १० सम्म थपियो निषेधाज्ञा



काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै साउन १० गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबै प्रकारका व्यवसाय ६ बजेसम्म सञ्चालन हुदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढ्ण्डीप्रसाद निरौलाले जानकारी दिए ।

औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । रेस्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अबे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको छ । सो सेवा साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाइनेछ ।

तर, सबैले अनिवार्यरूपमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने आदेशमा भनिएको छ । म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरूले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार लामो दुरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot