Logo

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै



काठमाडौं, साउन १ । आज नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार स्थगित बैठक आज दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ ।

कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी मन्त्रीमा क–कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुंगो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कठिन हुने देखिएको छ ।

यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूचि रहेको छ । कांग्रेसले भदौ १६–१९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot