Logo

गृहमा बामदेव कि घनश्याम !



काठमाडौं, १ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाल पक्ष विश्वासको मत दिएपछि सरकारमा पनि सहभागी हुने भएको छ ।

नेपाल पक्षलाई देउवाले ८ मन्त्रालय दिने टुंगो लगाएका छन् । नेपाल पक्षले गृह मन्त्रालय पनि पाउने सम्भावना रहेको बुझिएको छ ।

सरकारमा जाँदा नेपाल पक्षबाट गृहमन्त्रीमा बामदेव गौतम या घनश्याम भुसालमध्ये एक जाने गरी तयारी भएको छ । गौतम पछिल्लो समय नेपाल पक्षमा छन् । उनलाई उपप्रधानमन्त्रीसहित गृहमा लान नेपाल पनि सकारात्मक भएको बुझिएको छ ।

गौतम सरकारमा सहभागी नभए घनश्याम भुसाललाई गृह मन्त्रालयमा लाने गरी अग्रिम तयारी भएको छ । भुसाल नेपाल र गौतम दुवैका लागि स्वीकार्य नेता हुन् ।

यसैगरी, नेपाल पक्षले ८ मन्त्रालय पाउने भएपछि उनलाई छाडेर गएका प्रत्यक्ष निर्वाचित सांसदमध्ये केहीले फर्कनेबारे छलफल चलाएका छन् । कतिपयले मन्त्री पाउने भए फर्कनेबारे कुराकानी गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्