Logo

असार मसान्तको मनोपली कालिन्चोक गाउँपालिकामा, जेसिबिले घोल्यो कन्क्रीड मसला



दोलखा, १ साउन । कालिन्चोक गाउँपालिको सुनखानी साङ्बा सडक निर्माण कार्यमा मापदण्ड विपरीत जेसिबिले मसला घोलेर बिछ्याइएको पाइएको छ । असार मसान्तमा धेरै बिल निकाल्नका लागि मापदण्ड विपरीत जेसिबिले मसला घोलेर बिछ्याएकोे हो ।

सडकमा ढलान गर्दा प्रयोग गरिने वालुवा गिट्टि सिमेन्टको घोला जेसिबीद्धारा घोलेर बिछ्याइएको भिडियोमा हेर्न सकिन्छ । गाउँपालिका र ठेकेदार कम्पनीको मिलेमतोमा यस्तो कार्य भएको एक स्थानीय बताउँछन् । यसरी मापदण्ड बिपरित हतारोमा गरिएको निर्माणले सडक छिटै भत्किनेमा स्थानीय चिन्तित छन् ।

 



प्रतिक्रिया दिनुहोस्