Logo

कुमारी बैंकका सीईओ भण्डारीले बैंक छाडे, अबको बाटो कता ?



काठमाडौं, १ साउन । ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा बिताएका कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले हिजोबाट बैक छाडेका छन् । असार ३१ गते भण्डारीको कार्यकाल सकिएपछि बैंकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिनालाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको हो ।

बिहीबार बसेको बैंक संचालक समितिको बैठकले तिमिल्सिनालाई अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । बैंकको २१ वर्षदेखि प्रमख कार्यकारी अधिकृतको रुपमा कार्यरत भण्डारीको कार्यकाल सुखद र अत्यन्तै सफलदायी भएको बैंकले जनाएको छ ।

बैंकले उनको कार्यकालमा नै बैंकको स्तरोन्नती गर्दै नेपालको सफल बैंकको सुचीमा पुगेको पनि बताएको छ । लामो समय बैंकिङ्ग क्षेत्रमा खर्चेका भण्डारी अब कता लाग्छन् भन्ने आम मानिसलाई चासो र जिज्ञासा लागेको छ ।



प्रतिक्रिया दिनुहोस्