Logo

संसद्को स्थलगत अवलोकनपछि सभामुख सापकोटाले भने–बृहत राष्ट्रिय एकताको खाँचो छ* (फोटोफिचर)



काठमाडौं, १ साउन । आउने आईतबार अर्थात यही साउन ३ गते बस्न लागेको संघीय संसदको संयुक्त बैठकको तयारी बारेमा आज सभामुख अग्नीप्रसाद सापकोटाले बैठकको तयारी, अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे स्थलगत अवलोकन गरेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार सभामुख सापकोटाले आज विहान बैठक हलको अवलोकन गरेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरेपछि बैठक आईतबार बस्ने भएको हो ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सभामुख सापकोटाले बृहत्त राष्ट्रिय एकताको खाँचो औंल्याए । उनले भने,‘त्यो बृहत राष्ट्रिय एकताको सन्देश दिने शक्तिशाली थलो चाहीँ यही प्रतिनिधिसभा हो । यहाँबाट त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ । यो अहिलेको आवश्यकत्ता हो । यो मत पूरा गर्नको लागि पार्टीहरुसँग समन्वयात्मक भूमिका खेल्ने र समग्र सम्बद्ध पक्षसँग मैले पुरै ईमानदारिताका साथ, निष्ठाका साथ र अहिलेसम्म पनि मैले संघीय संसद्लाई, यसको सार्वभौम अधिकारलाई स्तरोन्नती गर्नको लागि मैले सकेजति पहल र प्रयत्न गर्छु ।’

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्