Logo

एमाले स्थायी कमिटी बैठक च्यासलमा*, माधव नेपाल पक्ष गएन



काठमाडौं, १ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ । उक्त बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने सहभागी भएको छैन् । आजको बैठकमा संसद् पूनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने जनाईएको छ ।

आजको बैठकमा नेपाल पक्षलाई पनि बोलाईएको अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुले जनाएका छन् । बैठकमा अहिले अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । आजै एमालेको संसदीय दलको बैठकपनि डाकिएको छ । Photo Source: Sanjib Bagale/Twitter

नोट : यसअघि यो समाचारको शीर्षकमा च्यासल हुनुपर्नेमा च्यालस भएकोले सच्याईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्