Logo

प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त नगरे हामीलाई त ६ महिनाभित्र चुनाव गर्दा बेटर हुन्छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १ साउन । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो सरकार सफलतापूर्वक चल्छ, प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुहुन्छ, मत पाउने कुरामा कुनै शंका नै छैन् ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावको लागि तयार नभएको जिकिर गरे । उनले भने,‘माधव नेपालजीहरुले विश्वासको मत दिनुहुन्छ, एमाले एक हुँदापनि परिस्थिति यस्तो छ कि, एमालेको अवस्था सम्हालिनको लागि एक वर्ष लाग्छ, विश्वासको मत नपाए हामीलाई त ६ महिनाभित्र चुनाव गर्दा बेटर हुन्छ ।’ विश्वासको मत नपाए आफूहरु अर्ली ईलेक्शनमा पनि जान सक्ने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम