Logo

विश्वभर कोरोना संक्रमितको कस्तो छ अवस्था



एजेन्सी, १ साउन । विश्वका धेरै देशहरु हाल कोरोना भाइरसको चपेटामा परिरेहका छन् । दैनिक हजारौ निर्दोष मानिसहरुले संक्रमणबाट ज्यान गुमाईरहेका छन् ।

नेपाल पनि कोरोनाबाट अछुतो हुन सकेन । पछिल्लो २४ घन्टासम्ममा नेपालमा ६ लाख ६२ हजार ५७० जना संक्रमित भएका छन् भने ९ हजार ४६३ जनाको निधन भइसकेको छ ।

यसैगरी, विश्वभर हालसम्म १८ करोड ९७ लाख ५० हजार १४८ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ करोड ३१ लाख ६५ हजार ८४७ जना संक्रमण निको भएको वल्डोमिटरले जनाएको छ ।

विश्वमा कोरोनाबाट हालसम्म ४० लाख ८३ हजार २५८ जनाको मृत्यु भएको छ भने १ करोड २५ लाख १ हजार ५३ जना संक्रमितको उपचार भैहरेको छ । यसैगरी, वल्डोमिटरको अनुसार ७९ हजार ३१९ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्