Logo

ओलीले बैठक नरोक्ने भनेपछि माधव नेपालनिकट नेताहरु निराश भएर फर्किए



काठमाडौं, १ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक रोक्न आग्रह गर्दै बैठकस्थल च्यासल पुगेका माधव नेपालनिकट कार्यदलका सदस्यहरु निराश भएर फर्किएका छन् । अध्यक्ष ओलीले कुनैपनि हालतमा बैठक नरोक्ने भनेपछि उनीहरु त्यहाँबाट बाहिरिएका हुन् ।

बाहिरिने क्रममा नेपाल तर्फका कार्यदलका संयोजक भीम रावलले आफूहरुले देश जटिल अवस्थामा रहेकाले अहिले एमालेको एकता अनिवार्य भएको सुझाउँदै बैठक रोक्न आग्रह गरेको सुनाए ।

तर, अध्यक्ष ओलीले बैठक नरोक्ने अडान लिएपछि उनीहरु त्यहाँबाट बाहिरिएका छन् । एमालेले आजै दिउँसो ३ बजे संसदीय दलको बैठकसमेत डाकेको छ । उक्त बैठकमा पनि नेपाल पक्ष नजाने भएको छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्