Logo

कति छन् अमेरिकामा कोरोना संक्रमित



एजेन्सी, १ साउन । विश्व कोरोना महामारीको संकटसँग जुधिरहेको छ । सबैभन्दा धेरै अमेरिकामा कोरोना सक्रमितको संख्या रहेको छ भने मृत्यु हुनेको संख्या पनि उच्च रहेको छ ।

वल्डोमिटरको अनुसार अमेरिकामा हालसम्म ३ करोड ४८ लाख ८७ हजार १५५ जना कोरोना संक्रमितको संख्या रहेको छ । संक्रमित मध्ये २ करोड ९३ लाख ४१ हजार ९१३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ६ लाख २४ हजार २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, ४९ लाख २१ हजार २८ जना संक्रिय संक्रमितको संख्या रहेको छ । वल्डोमिटरको अनुसार अमेरिकामा ४ हजार ७६२ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

यसैगरी, विश्वभर हालसम्म १८ करोड ९७ लाख ५० हजार १४८ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ करोड ३१ लाख ६५ हजार ८४७ जना संक्रमण निको भएको वल्डोमिटरले जनाएको छ ।

विश्वमा कोरोनाबाट हालसम्म ४० लाख ८३ हजार २५८ जनाको मृत्यु भएको छ भने १ करोड २५ लाख १ हजार ५३ जना संक्रमितको उपचार भैहरेको छ । यसैगरी, वल्डोमिटरको अनुसार ७९ हजार ३१९ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्