Logo

अफगानिस्तानमा पुलित्जर विजेता भारतीय पत्रकारको हत्या



एजेन्सी, १ साउन । अफगानिस्तानमा एकजना भारतीय पत्रकारको हत्या भएको छ । कान्दाहारमा समाचार एजेन्सी रोयटर्समा फोटोपत्रकारका रुपमा कार्यरत दानिश सिद्दीकीको गएराति हत्या भएको हो ।

दानिश पुलित्जर पुरस्कार विजेता हुन् । उनी तालिवानी आक्रमणमा मारिएको बुझिएको छ ।

दानिश अफगान सुरक्षा बलको साथमा रहेको बेला हत्या भएको अफगानिस्तानका लागि भारतका राजदूत फरिद मामुन्दजईले ट्वीट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्