Logo

चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता



१ साउन : चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई थप सुदृढ बनाइने बताएका छन्।आज उनले रुसी विदेशमन्त्री सेरगइ लाभरोभसँगको भेटका क्रममा सो कुरा बताएका हुन् । उनीहरुबीच बिहीबार भेटवार्ता भएको थियो । त्यस क्रममा उनीरुले दुई देशबीचको सम्बन्धका विभिन्न पाटोहरुका बारेमा कुराकानी गरेका थिए ।

त्यस भेटवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा भएको भिडियो वार्ता र त्यस वार्ताका क्रममा दुई देशका राष्ट्रपतिका बीचमा भएको महत्वपूर्ण बैठकको स्मरण गरेका थिए ।

दुई देशका राष्ट्रपतिका बीचमा गत जनु महिनामा भिडियो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा उनीहरुबीच पनि आगामी दिनमा ती दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै लैजाने विषयमा सहमति भएको थियो । त्यस वार्ताका क्रममा उनीहरुद्धारा संयुक्त प्रेस वक्तव्य पनि जारी भएको थियो । यस वर्ष सांघाइ कोअपरेसन अर्गनाइजेसनको २० औँ वार्षिकोत्सव भएकोले यस अवसरमा पनि चीनले रुससँगको सहयोग, समन्वय र साझेदारीमाथि थप जोड दिन चाहेको धारणा पनि चिनियाँ विदेशमन्त्री वाङले दिए ।

त्यस भेटका क्रममा उनीहरुबीचमा क्षेत्रीय चासोका विभिन्न विषयमा पनि कुराकानी भएको थियो । त्यस अवसरमा उनीहरुले दुई देशले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि औषधि तथा खोपको सहयोग आदानप्रदान गर्ने मात्र नभएर राजनीतिक भाइरसका विरुद्धमा पनि लड्ने प्रतिबद्धता व्यक्त गरेको समाचारमा जनाइएको छ ।

उनीहरुका बीचमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुका साथै त्यहाँ शान्ति स्थापनाका विषयमा पनि छलफल भएको थियो । अफगानिस्तानमा शान्ति स्थापनको काममा सहयोग गर्र्ने उनीहरुले बताएको समाचारमा जनाइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्