Logo

चिनियाँ राजदूतले प्रधानमन्त्री देउवालाई भेटेर दिइन् बधाई



काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छिन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी यान्छीले भेटेकी हुन् ।

यान्छीले प्रधानमन्त्री बनेकोमा देउवालाई चीन सरकारका तर्फबाट बधाई दिएकी छिन् । देउवाले राजदूत यान्छीसँगको भेटमा दुई देशबीच अझ प्रगाढ सिम्बन्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।

देउवालाई यसअघि अमेरिकी राजदूत रेन्डी डब्लु बेरी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेर बधाई दिइसकेका छन् ।

तस्बिर स्रोतः प्रधानमन्त्री देउवाको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्