Logo

नेरुडे लघुवित्तको प्रबन्धक सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत, साहुलाई निमित्त प्रमुखको जिम्मेवारी



काठमाडौं, १ साउन । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कमार श्रेष्ठले दिएको राजिनामा स्विकृत भएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठले दिएको राजिनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाएको छ ।

संचालक समितिको बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्