Logo

कांग्रेस पदाधिकारी तथा पुर्व पदाधिकारी बैठक शुरु



काठमाडौँ १ साउन : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस पदाधिकारी तथा पुर्व पदाधिकारीहरुको बैठक शुरु भएको छ ।  बैठक ३ बजेदेखि शुरु भएको हो । प्रधानमन्त्री नियुक्त र संसद पुनःस्थापना भइसकेपछि शेरबहादूर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो बैठक डाकेको बुझिएको छ । उत्पन्न भएको राजनितिक अवस्था र सम-सामायिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बालुवाटारमा प्रधानमन्त्रीले बैठक बोलाएसगै चौतर्फी आलोचना भइरहेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफ्नो कार्यकालमा पार्टीको सम्पूर्ण बैठक बालुवाटारमा डाकेका थिए । उनले समेत चौतर्फी आलोचना सहनु परेको थियो ।

 

उक्त बैठकमा उपस्थितहरुको सुची :-

प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा
वरिष्ठ नेता रामचन्द्र पौडेल
उपसभापति बिमलेन्द्र निधि
उपसभापति बिजय कुमार गच्छदार
महामन्त्री डा.शशांक कोइराला
महामन्त्री पुर्ण बहादुर खड्का
सह-महामन्त्री डा.प्रकाश शरण महत
सह महामन्त्री सुनिल बहादुर थापा
कोषाध्यक्ष सीता देवी यादव
पुर्ब कोषाध्यक्ष चित्र लेखा यादव
पुर्ब महामन्त्री कृष्ण प्रसाद सिटौला
पुर्ब महामन्त्री प्रकाशमान सिंह
केन्द्रिय सदस्य रमेश लेखक
डा. प्रकाश शरण महत
प्रबक्ता बिश्वप्रकाश शर्मा
केन्द्रिय सदस्य मिनेद्र रिजाल
गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खांण
केन्द्रिय सदस्य नारायण खड्का ,नेपाली काङ्ग्रेस पार्टी कार्यालय का मुख्यसचिव कृष्ण पौडेल लगायत २०/२२ जनाको सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्