Logo

चीनद्वारा नेपाललाई थप १६ लाख डोज खोप दिने घोषणा, प्रधानमन्त्री देउवासँग राजदूत यान्छीको भेटवार्ता



काठमाडौं, १ साउन । मित्रराष्ट्र चीनले नेपाललाई कोभिड–१९ विरुद्ध थप १६ लाख डोज खोप दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिन बालुवाटार पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यस्तो घोषणा गरेकी हुन् ।

भेटवार्तामा राजदूत यान्छीले नेपाललाई कोरोनाविरुद्ध लड्नको लागि निरन्तर सहयोग गर्ने पनि विश्वास दिलाएकी थिईन् । परराष्ट्र मन्त्रालयले उक्त भेटवार्ताबारे जानकारी दिँदै जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएका दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्