Logo

काठमाडौंमा असार २९ गतेदेखि जारी कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित



काठमाडौं, १ साउन । काठमाडौ उपत्यकामा असार २९  जारी कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौले विज्ञप्ती जारी गर्दै कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएकोले भोली हुने खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

स्वास्थ्य कार्यालय काठमाण्डौले जारी गरेको विज्ञप्तिमा साउन २ (भोलि)सम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएकोमा खोपको मौज्दात समाप्त भएको हुँदा भोलीका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगन भएको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्