Logo

एमाले संसदीय दलको बैठक सम्पन्न, सर्वोच्चको फैसलाविरुद्ध देशव्यापी रुपमा भण्डाफोर गर्ने



काठमाडौं, १ साउन । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । संसद् भवनस्थित् ल्होत्से हलमा बसेको बैठकले सर्वोच्च अदालतको फैसलाको गाउँ तहसम्म भण्डाफोर गर्ने निर्णय गरेको छ । बैठकपछि जानकारी दिँदै प्रमुख सचेतक विशाल भट्टराईले यस्तो जानकारी दिएका हुन् ।

उनले भने,‘अहिले सम्मानित सर्वोच्च अदालतबाट संविधानको धारा/उपधाराहरुको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रुपमा ईन्कार गरेर लोकतन्त्रलाई उपहास गरेर, दलीय व्यवस्थालाई उपहास गरेर एउटा फैसला गरियो, निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर बनाउने फैसला गरियो, त्यसप्रति हाम्रो यो बैठकले आपत्ति व्यक्त गरेको छ । यसलाई व्यापक रुपमा जनताको बीचमा भण्डाफोर गर्ने निश्कर्ष पनि निकालेका छौं ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्