Logo

बाबुरामको टिप्पणी : खड्गप्रसाद एण्ड कम्पनीले अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ



काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको केपी शर्मा ओली पक्षलाई खड्गप्रसाद एण्ड कम्पनीको संज्ञा दिँदै उसको अब न्यायपालिकामािथ पनि खड्ग चलाउने भूत चढेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । उनले भनेका छन्-“खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ! जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ!त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?”



प्रतिक्रिया दिनुहोस्