Logo

साम्यवाद र समाजवादको बाटोबाट समृद्धिको लक्ष्य प्राप्त हुँदैन् : कमल थापा



काठमाडौं, २ साउन । राप्रपाका अध्यक्ष कमल थापाले साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त नहुने दाबी गरेका छन् । उनले अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तमा आधारित सम्वद्र्धनवाद हुनुपर्ने पनि बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्–साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त हुँदैन।अबको बाटो राष्ट्रियता,प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्छ। निरन्तरतासहितको परिवर्तन,बहुलवाद,उदार अर्थतन्त्र,समावेशीता,हिन्दुराष्ट्र,राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो।”



प्रतिक्रिया दिनुहोस्