Logo

आफूलाई पार्टी हितको विपक्षमा प्रलोभनमा पार्ने दुस्प्रयास भएको सांसद चौधरीको खुलासा



काठमाडौं, २ साउन । नेकपा (एमाले) की सांसद गंगा थारुले आफूलाई पार्टी हितको विपक्षमा लाग्नको लागि आफूलाई फोनमार्फत प्रलोभनमा पार्ने दुस्प्रयास भएको खुलासा गरेकी छिन् । तर, उनले आफू कुनैपनि हालतमा पार्टीको हितविपरित नलाग्ने स्पष्ट पारेकी छिन् ।

नेतृ थारुले माधव नेपाल पक्षले पार्टीमा सबै माग पूरा हुँदापनि बखेडा झिकिरहेको टिप्पणी गरेका छन् । उनले फेशबुकमा लेखेकी छिन्-

मैले नबुझेको कुरा :
⁃ पार्टी जेष्ठ २ मा फर्काउने माग पनि पूरा भएको छ ।
⁃ कार्यदलले पार्टी एकताको सहमति गरी सकेको छ ।
⁃ कार्यदलकै सुझाव अनुसार विधिवत् रुपमा बोलाइएको पार्टी बैठकमा उपस्थित भएर आफ्ना कुरा नराखेर बहिष्कार गर्नु , अनेक अत्तो थापी रहनु , अर्घेल्याईं गरी रहनु , बिपक्षी संग मिलेर आफ्नै पार्टीको सरकार ढाल्न मरीहत्ते गरेर लाग्नु, ढाली सकेर पनि अझै चित्त नबुझेर विपक्षीसंग अनैतिक सॉठगॉठ गरी रहनु । यो सब के हो मैले बुझ्न सकेको छैन ।
⁃ अहिले केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरी रहनु भएको छ । कृपया दुख नगर्नु होला मित्रहरु ।
⁃ म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन । यो स्पष्ट हो र यो मेरो प्रण पनि हो ।
⁃ पार्टीले जे जस्तो निर्णय गर्छ पार्टीको एउटा इमान्दार कार्यकर्ताको हैसियतले त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो ।



प्रतिक्रिया दिनुहोस्