Logo

कार्यदल गठन भए पनि बिपी प्रतिष्ठानमा आन्दोलन जारी



धरान, साउन ३ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेपनि आन्दोलन भने जारी राख्ने संघर्ष समितिले जनाएको छ। संघर्ष समितिले कार्यदल गे औपचारिक रूपमा जानकारी पाएको छैन।

आफूहरूको माग पुरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी नै राख्ने संघर्ष समितिका सदस्य एवं जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा।पदम नेपालीले बताए।

उनले भने, ‘हाम्रो माग पूरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहन्छ। कार्यदल बनेको औपचारिक जानकारी पाएका छैनौं, कार्यदल आएपछि कुराकानी भयो भने आन्दोलनको मोडालिटीबारे सोच्न सकिन्छ।’ प्रतिष्ठानको बेथिति, आर्थिक अनियमितताको अन्त्य गर्न माग गर्दै चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङहरूले आन्दोलन गरेको ३३ दिन बितिसकेको छ। गत असार १५ गते वार्ताको क्रममा उपकुलपतिले मदिरा पिएर आएको भन्दै वार्ता बहिस्कार गरेको संघर्ष समितिले भोलिपल्ट चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै राजीनामा मागेका थिए।

त्यसपछि पदाधिकारीसँग वार्ता नगर्ने अडान राखेका आन्दोलनकारीले कुलपति वासहकुलपति स्तरबाटै उच्चस्तरीय वार्ता समिति वा आयोग गठन गर्नुपर्ने माग राखेका थिए। शुक्रबारदेखि उनीहरूले बिहान ८ बजेदेखि १० बजेसम्म आकस्मिक, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवाहरू बहिस्कार गरेका छन्।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका छन्। प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा।बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलको टोली सोमबार धरान आउने भएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot