Logo

एमाले स्थायी कमिटी बैठक जारी, माधव पक्षद्वारा बहिष्कार



काठमाडौं, ३ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा भोलि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय हुने बुझिएको छ । आजको स्थायी कमिटी बैठक स्थगित् गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आग्रह गरेको थियो ।

तर, अध्यक्ष केपी शर्मा ओलीले अब बैठक कुनैपनि हालतमा नरोक्ने जवाफ दिएका थिए । उनले यसअघि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने दिशामा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । आजको बैठकमा नेपाल पक्ष सहभागी छैन् ।

नेपाल पक्षको बैठक छुट्टै बसिररहेको छ । आज बस्ने संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर, एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ । Photo Source: Sanjib Bagale/Twitter

 



प्रतिक्रिया दिनुहोस्