Logo

केपी ओलीलाई माधव नेपालको जवाफ : ‘अब म तपाईसँग रहन सक्दिन्, नयाँ पार्टी खोल्छु’



काठमाडौं, ३ साउन । नेकपा (एमाले) को विवाद समाधानभन्दापनि अब झन विभाजनतर्फ अग्रसर भएको छ । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाबलीच द्वन्द्व बढेको छ । प्रतिनिधिसभा विघटनदेखि प्रतिनिधिसभा पूनःस्थापना भएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेको अवस्था छ । यो बीचमा एमाले कार्यदलले विवाद समाधानको लागि दश बुँदे प्रस्ताव अघि सारेको छ। तर, अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दूरी साँघुरिनुको साटो झनै बढेको छ ।

प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुमा माधव नेपाल पक्षको ठूलो हात छ । उनी पक्षधर २३ जना सांसदकै निर्णायक समर्थनकै कारण देउवाको सत्तारोहण सफल भएको हो । प्रधानमन्त्रीमा देउवा नियुक्त भएलगत्तै गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा नेपालले अब आफूहरु गठबन्धनमा रहन नसक्ने परिस्थिति सुनाएका थिए । तर, पार्टी अध्यक्ष ओलीले बालुवाटार छोडेर बालकोट पुगेलत्तगै नेता नेपालमाथि प्रहार गरेको शब्दबाणले उनीहरुबीच झनै द्वन्द्व चर्कियो ।

ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिएका छन् । प्रधानमन्त्री देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपाल पक्षले यसअघि नै निर्णय गरिसकेको छ । देउवाले यसरी हतारिएर विश्वासको मत लिनुको पछाडि एमाले विभाजन गर्ने षड्यन्त्र भएको एमाले नेताहरुको टिप्पणी सार्वजनिक भैसकेको छ । भीम आचार्यले त देउवाले एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाल पक्ष सांसदहरुले विश्वासको मत दिएपनि उनीहरुलाइृ ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला छ । यस्तो अवस्थामा अध्यक्ष तथा दलको नेता ओलीले सांसदहरुलाई कारबाही गर्न सक्दैनन् । तर, देउवाले विश्वासको मत पाउनेबित्तिकै एमाले एक भने अब नहुने भएको छ । नेता नेपालले पनि सोहीअनुसार तयारी थालेको स्रोतको दाबी छ । आज विश्वासको मत लिनेबित्तिकै प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक राखेर सदनको अधिवेशन अन्त्य गरिदिने छन् । यस्तो अवस्थामा उनले नेता नेपाललाई दल विभाजन गर्न सजिलो हुनेगरि अध्यादेश ल्याईदिने भएका छन् ।

नेता नेपालसँग केन्द्रीय कमिटीमा झण्डै ५० प्रतिशत छ । दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्याउनुपर्नेछ । नेपाल पक्षसँग संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएकोले केन्द्रीय कमिटीमा ४० प्रतिशत मात्रै पुग्नेगरि अध्यादेश ल्याईदिने र नेपाललाई परेको अप्ठ्यारो फुकाईदिने प्रधानमन्त्री देउवाको वचन छ ।

आज विहानमात्रै पनि अध्यक्ष ओलीले नेता नेपालसँग वार्ताको लागि आग्रह गरेका थिए । तर, नेपालले अब आफू धेरै अघि बढिसकेकोले पछि फर्कने ठाउँ नै नभएको जवाफ दिएका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘म धेरै अघि बढिसकेको छु । अब तपाईसँग मिल्ने ठाउँ नै छैन् । म तपाईसँग रहन सक्दिन्, अब नयाँ पार्टी खोल्छु ।’ file photo



प्रतिक्रिया दिनुहोस्