Logo

कांग्रेस नेता र कलाकारद्वारा पशुपति टाइम्स डट कम र नेपाल मानव अधिकार समाजको उद्घाटन



काठमाडौं, ३ साउन । पशुपति टाइम्स डक कम, हिमालयन कानुनी फार्म र नेपाल मानव अधिकार समाजको विधिवत रुपमा शनिबार उद्घाटन भएको छ । नेपाली कांग्रेसका सह–महामन्त्री तथा पुर्व मन्त्री डा. प्रकाश शरण महत र वरिष्ठ कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडाले रिबन काटेर सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा कांग्रेसका नेता महतले मुलुक परिर्वतनको मुद्दामा सबै एक हुनुपर्नेमा बताए । महतले देश रहेमा मात्रै हामी रहने भएकोले पहिलो प्राथमिकतामा मुलुकलाई सम्झनुपर्नेमा जोड दिए । महतले संस्थाको उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवसरमा कलाकार श्रीकृष्ण सिंखडाले प्रकृतिमा आइसकेपछि आफ्नो जिम्मेवारी पुरा गर्दै यस धर्तीबाट विदाई हुनु बताउदै कसैले लोभ लालच नराखी मर्ने बेलामा शान्तिसँग मर्नका लागि पनि सत्यवादी हुनु अहिलेको आवश्यकता भएको जिकिर गरे । उनले जीवनको अन्तिम समयसम्म सत्यको लडाईमा लागिरहने र सबैलाई सत्यवादी बन्न कोशिस गर्न समेत आग्रह गरे । मुलुक बनेमा मात्र त्यसको हिस्सा हरेक नागरिकमा आइपुग्ने तर एकाध दुई व्यक्ति बनेर देश बलियो नहुने उनको भनाई थियो ।

कार्यक्रममा मानव अधिकार समाजका अध्यक्ष, पशुपति टाइम्सका सम्पादक तथा अधिवक्ता सन्तोष भण्डारीले नियम, कानुन र विधि नै मुलुक संचालनको महत्वपुर्ण अस्त्र भएको बताउदै नागरिकहरुलाई यसमा एकजुट हुन आग्रह गरे । कार्यक्रममा स्थानिय निर्वाचित जनप्रतिनिधीहरुले पनि आ–आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्