Logo

देउवालाई विश्वासको मत दिन झलनाथ खनालको आग्रह (विज्ञप्तिसहित)



काठमाडौं, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिन आग्रह गरेका छन् । आज विज्ञप्ति जारी गरी खनालल नेकपा एमालेका संसदीय दलका सबै सांसदलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले मुलुकलाई संकटबाट बचाउन सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु ।’

फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्