Logo

विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड नाघ्यो, मृत्यु हुनेको संख्या ४१ लाख नजिक



एजेन्सी, ३ साउन । विश्वका धेरै देशहरु कोभिड–१९ ले आक्रान्त बनेका छन् । हालसम्म सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रतिको मृत्यु भएको छ ।

विश्वभर १९ करोड ७ लाख ९९ हजार कोरोना संक्रमितको संख्या पुगेको छ भने हालसम्म ४० लाख ९९ हजार १९४ जनाको मृत्यु भएको छ । त्यस्तै, १७ करोड ३८ लाख ५२ हजार ७६४ जना कोरोना संक्रमणमुक्त भएको वल्डोमिटरले जनाएको छ ।

यसैगरी, १ करोड २८ लाख ४७ हजार ५१४ जना संक्रमितको उपचार भैरहेको छ । ८० हजार ६३५ जना संक्रमितको संसारभर गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

शनिबार नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार २ हजार १ सय ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३० हजार ४ सय ७ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्