Logo

माधव नेपाल गुटमा विद्रोहको संकेत, यी नेताले देउवालाई विश्वासको मत नदिने सम्भावना



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र रोचक घटना विकास भएको छ । एमालेको माधव नेपाल पक्षधरका हस्तीहरुले विश्वासको मतको पक्षमा मत नदिने घटना विकास भएको हो ।

एमाले उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईलगायत सांसदहरु देउवाले आजै विश्वासको मत लिन लागेपछि गम्भीर भएका छन् । उनीहरु विश्वासको मत दिने पक्षमा उभिएका छैनन् । यो समूहले बरु तटस्थ बस्ने तर मत नदिने तयारी गरेको बुझिएको छ ।

एमाले फुटाउने उद्देश्यले षड्यन्त्र गरिएको भन्दै भीम आचार्य माधवकुमार नेपालको सामु कोटेश्वरमा कुर्लिएका छन् । आचार्यले पनि नेपाललाई छाड्ने संकेत गरेका छन् ।
यसैगरी, माधव नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदहरुलाई आफू पक्षमा तानिसकेको बुझिएको छ । ती सांसदहरु विगतमा नेपालसँग नजिक रहेकाहरु भएको बुझिएको छ । आज विश्वासको मत दिने क्रममा एमालेको माधव नेपाल पक्षधर सांसद खुल्ने देखिएको छ ।

रावल र पाण्डेलगायतका केही नेताहरु एमालेभित्र ओलीसँग संघर्ष गरेर बस्नेबारे समेत छलफलमा रहेका छन् । उनीहरुले आजै कठोर निर्णय लिने तयारी गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot