Logo

एमाले स्थायी कमिटी बैठक सम्पन्न : प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने, विश्वासको मत दिनेहरु एमालेमा नरहने



काठमाडौं, ३ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थ्त् तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको र सम्भव भएसम्म अरुलाई पनि विश्वासको मत नदिन आग्रह गरिने जानकारी दिए ।

उनले माधव नेपालले विश्वासको मतको पक्षमा एक्लै भएपनि मत दिने भनेकोले परिस्थिति जटिल बन्दै गरेको स्पष्ट पारे । उनले माधव नेपाल पार्टीमा अब नफर्कने भन्ने कुरा आफूहरुलाई लागेको सुनाए । त्यस्तै, उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेहरु अब एमालेमा नरहनेपनि टिप्पणी गरे । यसबारेमा आज विश्वासको मत लिईसकेपछि बस्ने बैठक र भोलि बस्ने केन्द्रीय कमिटीको बैठकले थप निर्णय लिने उनको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot