Logo

निक भन्दा पहिला प्रियंकाको जिन्दगीमा आएका यी ६ पुरुष



एजेन्सी, ३ साउन । बलिउड अभिनेत्री प्रियंका चोपडालाई विवाह गर्नु अगाडी उनका पति निक जोनस ८ महिलासँग प्रेम सम्बन्धमा रहेका थिए । निकलाई टक्कर दिदै प्रियंकाको जीवनमा पनि निक भन्दा पहिले ६ पुरुष आएका छन् । सातौ नम्बरमा प्रवेश पाएका निकसँग उनले विवाह गरेकी हुन् । देसी गर्ल प्रियंकाको आज (जुलाई १८) ३९ औं जन्मदिन हो ।

प्रियंकाको जीवनमा पहिलो पटक असीम मर्चेण्ट आएका थिए । प्रियंकाले मिस वल्र्डको ताज पाएसँगै उनीहरुको सम्बन्धले पनि ब्रेक लिएको थियो । असीमले उनीहरुबीचको प्रेम सम्बन्धको फिल्म बनाउने घोषणा पनि गरेका थिए ।

प्रियंकासँग नजिकिएका अर्का व्यक्ति हुन् अक्षय कुमार । मुझे सादी करोगी, रेस अगस्ट जस्ता फिल्ममा काम गर्दा उनीहरु नजिकिएका थिए । अक्षय विवाहित भएकै कारण उनीहरुको सम्बन्ध अगाडी बढ्न नसकेको हो । प्रियंकालाई अक्षयको पत्नी ट्विंकल खन्नाले सँगै काम गर्न बन्द गरिदिएपछि जोडी टुटेको थियो ।

अक्षय कुमार टाढीएसँगै प्रियंकाको जीवनमा फिल्म निर्माताको छोरा हरमन बावेजाको इन्ट्रि भएको थियो । उनीहरुको फिल्म फ्लप भएसँगै मायाले पनि ब्रेक लिएको थियो ।

प्रियंकाको शाहिद कपुरसँगको जोडी पनि एक समय जमेको थियो । प्रियंकाको घरमा प्रहरीले छापा मार्दा शाहिदले ढोका खोलेको विषयले बलिउडमा निकै चर्चा पाएको थियो ।

त्यस्तै, शाहरुख खानको नाम विवाह पछि प्रियंकासँग नै जोडिएको थियो । उनीहरुले फिल्ममा काम गर्दागर्दै एक अर्कालाई मन पराएका थिए । शाहरुख खानको परिवारले थाहा पाएपछि मात्र उनीहरुको प्रेम सम्बन्ध तोडिएको थियो । यसैगरी, छैटौ नम्बरमा टाम हिडलस्टानसँग पनि उनको नाम जोडिएको थियो ।

२०१८ मा प्रियंकाको जिन्दगीमा अमेरिकन नागरिक निक जोनस आए र केही समयको घुमफिर पछि परिवारको सहमतिमा विवाह गरेकी हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्