Logo

एमाले त पहिल्यै फुटिसकेको थियो नि, तपाईँलाई के चिन्ता ? : चित्रबहादुर केसी (भिडिओसहित)



काठमाडौं, ३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिए त एमाले पार्टी त फुट्छ नि भन्दा केसीले भने,‘एमाले पार्टी त पहिल्यै फुटिसकेको थियो । जोडिँदै नजोडिएको पार्टी फुट्छ भन्ने के चिन्ता तपाईँलाई ? तत्कालिन प्रधानमन्त्रीले चाहीँ विधिवत रुपमा फुटाल्नुभयो नि ।’ उनले एमाले पार्टी फुटिसकेकोले अब घोषणा गर्नमात्रै बाँकी रहेको सुनाए । उनले भने,‘ओलीजीको पहिलो काम भनेको नै पार्टी फोड्ने, संविधान च्यात्ने, संसद् धुलोपिठो पार्ने, त्यही नै रह्यो ।’



प्रतिक्रिया दिनुहोस्