Logo

ट्राफिक नियन्त्रण तालिम सुरु



काठमाडौं, ३ असार । ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४०औं समूहको ट्राफिक नियन्त्रण तालिम शुरु भएको हो ।

सोही महाशाखामा आइतबार आयोजित एक समारोहबीच सोही महाशाखाका प्रहरी उपरीक्षक संजिव शर्मा दासले तालिम उद्घाटन गर्दै ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन तालिम उपयोगी हुने बर्ताए ।

४५ कार्य दिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ५६ जना गरी ५८ जना प्रशिक्षार्थीहरु सहभागी रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्