Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



उदयपुर, ३ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका ७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती किशोरीलाई गत असार २९ गते जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्