Logo

सरकार फेरिएसँगै ९७ अंकले बढ्यो नेप्से



काठमाडौं, ३ साउन । शेयर बजारमा आज भारी अंकले बढेको छ । नयाँ प्रधानमन्त्री शेरबहादुर देउवा भएसँगै शेयर बजार ९७ दशमलव २१ प्रतिशतले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा कायम भएको हो । केही दिन यता बढ्न नसकेको कारोबार रकम पनि आज बढेर ११ अर्ब बढीको कारोबार भएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १९ दशमलव ५५ अंकले बढेर ५६० दशमलव ९६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार, आज २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटक कारोबार भएर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खदिर बिक्रि भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्