Logo

आज मञ्जुश्री सहित यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ३ साउन । आज २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटक कारोबार भएर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खदिर बिक्रि भएको छ ।

नेप्सेको अनुसार सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १२ सय ८१ रुपैयाँ कायम भई ४० करोड ९९ लाख बढीको शेयर कारोबार भएको छ ।

यसैगरी, नविल बैंकको ३८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रतिकित्ता १४ सय ४० रुपैयाँ कायम भई ३७ करोड ६८ लाख रुपैयाँ बढी शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ३५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बेंकको ३३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्