Logo

यी हुन् देउवालाई विश्वासको मत दिन तयार एमाले सांसद (नामावलीसहित)



काठमाडौं, ३ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष नै विश्वासको मत दिने नदिनेमा विभाजित भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विश्वासको मत दिने पक्षमा छन् । तर, खनाल नयाँ दिल्लीमा उपचाररत भएकाले विश्वासको मत दिन उपस्थित हुने छैनन् ।

माधव नेपाल पक्षीय सांसदहरु २३ जनामध्ये १८ जनाले विश्वासको मत दिने निश्चित भएको छ । जसमध्ये प्रत्यक्ष निर्वाचित माधवकुमार नेपाल, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, यज्ञराज सुनुवार, झपट रावल, दिपक प्रकाश भट्ट, भवानीप्रसाद खापुङ र नारायण खतिवडा छन् ।

समानुपातिकतर्फ निर्वाचित सांसदहरु मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कलिला खान र कल्याणी खड्काले पनि विश्वासको मतको पक्षमा मतदान गर्ने भएका छन् ।

नेकपा एमाले एकताका लागि १० बुँदे सम्झौतामा हस्ताक्षर गरेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टका अलावा लामो समय माधव नेपाल पक्षमा रहेका योगेश भट्टराईले भने विश्वासको मतको पक्षमा मतदान नगर्ने भएका छन् । उनीहरुले १० बुँदे सम्झौता गरिसकेकाले राजनीतिक मान्यता नछाड्ने भन्दै मत नदिने निर्णय लिएको बुझिएको छ ।

देउवालाई मत दिन तयार एमाले सांसद
माधवकुमार नेपाल
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
मेटमणि चौधरी
जीवनराम श्रेष्ठ
विरोध खतिवडा
यज्ञराज सुनुवार
झपट रावल
दिपक प्रकाश भट्ट
नारायण खतिवडा
भवानीप्रसाद खापुङ
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
निरादेवी जैरु
सरला यादव
पुष्पाकुमारी कर्ण कायस्थ
कलिला खातुन
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी

नोटः विश्वासको मतका पक्षधर झलनाथ खनाल दिल्लीमा उपचाररत, तुलसा थापा टोकियोमा

फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot