Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ३ साउन । आर्थिक वर्षको पहिलो कारोबारको दिन आज नेप्सेमा हरियाली छाएको छ । नेप्से ९७ अंकले बढ्दा ११ अर्बको शेयर कारोबार भएको छ ।

नेप्सेमा आज समृद्धी फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जीको सकरात्मक सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् ।

सिन्धु विकास बैंकको आज १० प्रतिशतले शेयरमुल्य बढेर ४४१ रुपैयाँ १० पैसा अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको प्रतिकित्ता ६२७ रुपैयाँले शेयरमुल्य बढेको छ । समृद्धी फाइनान्स कम्पनीको शेयरमूल्य ४६.९० रुपैयाँले बढेर प्रतिकित्ता ५१५ पुगेको छ । यसैगरी, हिमालयन पावर पार्टनरको ४९.९० रुपैयाँ र सिंगटी हाइड्रोको ४३.३० रुपैयाँले बढेर प्रतिकित्ता ४७६ पुगेको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्