Logo

सांसदबाट राजीनामा दिँदा भीम रावलले आँशु झारे, राजनीतिबाट सन्यास लेलान् त ? (राजीनामा पत्रसहित)



काठमाडौं, ३ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभन्दा केही घण्टा अघिमात्रै उनले सांसद पदबाट राजीनामा दिएका हुन् । उनले आफू अनैतिक राजनीतिक खेलबाट दिक्क भएको पनि टिप्पणी गरेका छन् । राजीनामा दिँदै गर्दा रावल भावुक बनेका थिए । उनले आँशु नै झारेका थिए ।

सांसद पदबाट राजीनामा दिएपछि पत्रकारहरुले ‘के अब तपाईँ राजनीतिबाट सन्यास लिनुहुन्छ ?’ भनेर सोध्दा उनले यसबारेमा पछि सोचेर भन्ने जवाफ दिए । प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षधर सांसदहरुले विश्वासको मत दिने भएका छन् ।

तर, एमालेले विश्वासको मत नदिने निर्णय गरेको छ । रावलले पछिल्लो समय पार्टी एकताको लागि कार्यदलमा रहेर काम गरेका थिए । उक्त कार्यदलले १० बुँदे सहमतिको प्रस्तावसमेत अघि ल्याएको थियो । तर, नेता नेपालले उक्त प्रस्तावमा आफ्नो असहमति रहेको भन्दै अब एमालेमा नफर्कने संकेत गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्