Logo

भीम रावलले भनेः अनैतिक र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा अलग हुनु श्रेयस्कार



काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिदै अनैतिक र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा अलग हुनु श्रेयस्कार भएको बताएका छन् । आज प्रतिनिधि सभाका सभामुखसमक्ष राजीनामा दिदै रावलले उच्च राजनीतिक नेतृत्व तहमा अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवं कार्य देख्दा नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुने समेत बताएका छन् ।

रावलले उच्च नेतृत्वको नाम नलेखी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालप्रति कडा टिप्पणी समेत राजीनामा लेखेका छन् । उनले विकृत तथा देश र जनताको हितविपरितको कार्य रोक्न खोज्ना समेत नसकेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्