Logo

भीम रावललाई सुरेन्द्र पाण्डे र झपट रावलले रोक्न खोज्दा…



काठमाडौं, ३ साउन । सभामुख अग्निप्रसाद सापकोटालाई सांसद पदबाट राजीनामा बुझाएर बाहिर आएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पत्रकारसामु पत्र पढ्दै थिए । यत्तिकैमा उनलाई रोक्न सुरेन्द्र पाण्डे र झपट रावल अगाडि बढे ।

रावलले तान्न खोजे । पाण्डेले त पत्र नै तान्न खोजे । तर, रावल जंगिए । उनले भने,‘प्लीज प्लीज ।’ त्यसपछि दुवै चुप बसे । रावलले पत्र पढेर सुनाए ।

रावलले उच्च राजनीतिक नेतृत्वको खरो आलोचना गर्दै पत्र बनाएका थिए । उनले राजीनामा दिनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्