Logo

साउनमा यसरी पुजा गर्दा शिव भगवानको आशिर्वाद प्राप्त गर्न सकिन्छ



एजेन्सी, ३ साउन । साउन महिनाको शिव भक्तहरूका लागि विशेष महत्व हुन्छ । यो साउन महिना विशेष गरी भगवान शिवको पूजामा समर्पित हुन्छ । साउन महिनामा जो कोहीले भगवान शिवको भक्तिसहित आराधना गर्दछ, शिव तुरुन्तै प्रसन्न भई भक्तका सबै इच्छाहरू पूरा गर्छन् भन्ने आम विश्वास रहेको छ । शिव भक्तहरूले साउन महिनामा भगवान शिवको बिभिन्न तरीकाले पूजा गर्छन्।

१.जीवन सन्तुलित हिसाबले चलिरहेको छैन, यदि तपाई मानसिकरुपमा विचलित हुनुहुन्छ भने साउनको सोमबार भगवान शिवलाई चामल र दूधबाट बनाइएको खीर चढाउनुहोस् । यसरी सबै प्रकारका मानसिक तनाव र समस्याहरू टाढा जानेछन्।

२.यदि तपाई आफ्नो जीवनमा आर्थिक रूपले चिन्तित हुनुहुन्छ, रोजगार वा व्यवसायमा समस्याहरु झेल्दै हुनुहुन्छ भने अनारको रस साउनको हरेक सोमबार शिवलिगंमा चढाउनु पर्छ। यस्तो गर्दा आर्थिक समस्याबाट छुटकारा पाउन सकिन्छ।

३.यदि तपाई लामो समयदेखि बिरामी हुनुहुन्छ र स्वास्थ्य लाभ छैन भने, कालो तिललाई पानीमा राखेर भगवान शिवको पूजा गर्नुपर्छ। यस्तो गर्दा रोग हटाएर चाँडै नै स्वास्थ्य लाभ प्राप्त सकिन्छ ।

४.यदि तपाईको वैवाहिक जीवनमा कुनै पनि प्रकारको समस्या छ भने, पति र पत्नी बीचमा झगडा भैरहन्छ भने यस्तो अवस्थामा साउन महिनामा श्रीमान् र श्रीमतीले भगवान शिवलाई पञ्चमृतमा अभिषेक गर्नुपर्दछ, वैवाहिक जीवनका सबै समस्याहरू हट्नेछ ।

५.मासु र मदिरा सावनको महीनामा खानु हुँदैन। महिनाभर सात्विक आहार लिनुहोस् र सोमबार उपवास बस्नुहोस्, भगवान शिवले तपाईंको सबै समस्या र पीडा हटाइदिनेछन् । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्