Logo

बामदेव विश्वासको मतको पक्षमा



काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा उभिएका छन् । उनले आफू विश्वासको मत दिने पक्षमा रहेको स्पष्ट पार्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न अधिकार दिएकाले प्रयोग गर्न समेत आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको आदेशले विश्वासको मतमा स्वविवेक प्रयोग गर्न पाउने भनेकाले जुनसुकै पक्षमा मतदान गरेपनि पार्टीले हटाउन नपाउने स्पष्ट पारे । उनले भने,‘विश्वासको मतको पक्षमा मतदान गर्नेलाई हटायो भने पुनः सांसदकै रुपमा स्थापित गर्नेछ । ह्वीप लाग्दैन भनिसकेको छ ।’

गौतमले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा अनुपयुक्त भनेका छन् । उनले राजीनामालाई स्वविवेक भन्दै अहिलेको अवस्थामा अनुपयुक्त भनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot