Logo

हत्या गरिएका हैटीका राष्ट्रपतिकी पत्नी बुलेटप्रुफ ज्याकेटमा



एजेन्सी, ३ साउन । हैटीका हत्या गरिएका राष्ट्रपति जोभेनेल मोइसकी पत्नी मार्टिनी मोइस स्वदेश फर्किएकी छिन् । उनी अमेरिकाको फ्लोरिडामा उपचारपछि फर्किएकी हुन् । उनी विमानस्थलमा स्वागत गरिंदा रोएकी थिइन् ।

हैटीको राजधानी पोर्ट ओ प्रिन्सस्थित एयरपोर्टमा शनिबार फर्कदा मोइस बुलेट प्रुफ ज्याकेटमा थिइन् । कालो मास्क लगाएकी उनी विरामी जस्ती देखिएपनि हिम्मत आँखामा देखिन्थ्यो ।

हैटीका राष्ट्रपति मोइसलाई ७ जुलाईमा निवासमै हतियारधारी दस्ता प्रवेश गरी हत्या गरेका थिए । घटनामा उनकी पत्नी मोर्टिनापनि घाइते भएकी थिइन् । उनलाई मियामीस्थित अस्पतालमा उपचारका लागि लगिएको थियो ।-Photo Source: Reuters



प्रतिक्रिया दिनुहोस्