Logo

लेखराज भट्टको निवासमा विप्लवसँग माओवादी परित्याग गरेका एमाले नेताहरुको भेटवार्ता



काठमाडौं, ३ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो साता आफूलाई राजनीतिक भेटवार्तामा सक्रिय बनाएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएकै दिनदेखि उनले आफूलाई सक्रिय बनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगबाट सुरु भएको भेटवार्ता माधव नेपाल, बाबुराम भट्टराई, मोहन बैद्यपछि उनले माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका नेताहरुसँग पनि आज छलफल गरेका छन् । आज लेखराज भट्टको निवासमा पूर्व माओवादी नेताहरु गम्भीर छलफलमा जुटेका छन् ।

उक्त छलफलमा भट्टसहित नेताहरु टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभु साहसले विप्लवसँग छलफल गरेका हुन् । उक्त छलफलमा विप्लव कापी र कलमसहित केही टिपोट गरिरहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्