Logo

प्रतिगमन सच्चिएको छ, अब देशलाई सही तवरले अघि बढाउनुपर्छ : डा भट्टराई



काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई सही दिशामा अघि बढाएको बताएका छन् । उनले प्रतिगमन सच्चिएकोले अब सबै मिलेर देशलाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले वर्तमान संविधान सबैभन्दा अग्रगमन रहेको सुनाए । र, यसलाई कसैले पनि अवमूल्यन गर्न नहुने उनको टिप्पणी छ । संसद् विघटन गरेर संविधानलाई समाप्त पार्ने कोशिस गरिएको उनको आरोप छ । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा संसद् विघटन गरेको पनि दाबी गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्