Logo

देउवालाई मोदीको बधाई



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले देउवालाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएका हुन् ।

आज साँझ देउवाले विश्वासको मत लिएलगत्तै मोदीले ट्वीटमार्फत् बधाई दिएक हुन् । उनले देउवासँग दुई देशको पृथक मित्रतासहित विभिन्न क्षेत्रमा मिलेर काम गर्ने उल्लेख गरेका छन् ।

मोदीले दुई देशको प्रगाढ सम्बन्ध र जनता जनताबीचको गहिरो सम्बन्धको उल्लेख गर्दै मिलेर अझ यसलाई विकास गर्ने आशा व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्