Logo

होन्डा ग्राजिया अब बिएसभिआई मोडलमा



काठमाडौं, साउन ४ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आइतबार होन्डा ग्राजियाको बिएसभिआई मोडल सार्वजनिक गरेको छ।

कम्पनीले आकर्षक र स्टाइलिस लुक रहेको भनेको १२५ सिसी क्षमताको बिएसभिआई मोडलमा व्यवहारिक फिचरहरू थप गरिएको बताइएको छ।

१५५ एमएमदेखि १७१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टी जस्ता जानकारी प्राप्त गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस्