Logo

नेपालका सडकमा ५७८ निसान म्याग्नाइट



काठमाडौं, साउन ४ । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले हालसम्म पाँच सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरिसकेको जनाएको छ।

गत फेब्रुअरी २२ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै ७४ दिनभित्र पाँच सय ७८ निसान म्याग्नाइट बिक्री गरिसकेको कम्पनीले जनाएको छ। साथै सोही अवधिमा हजारभन्दा धेरै गाडी बुकिङ भइसकेकोे कम्पनीले जनाएको छ। ‘बिग, बोल्ड, ब्युटिफुल’ दाबी गरिएको यो एसयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको दाबी छ।



प्रतिक्रिया दिनुहोस्